• Menu

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो

नेपाल प्रफिट

२०८१ मंसिर २४, १०:४५

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ५० हजार एक सय रुपैयाँ निर्धारण भएको हो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटिरहेका बेला सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि सुनको मूल्य केही घटेको थियो ।