काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार करिब ४६ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ४५.९३ अंकले घटेर २६८९ अंकमा ओर्लिएको हो ।
आज २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटाको स्थिर छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि २७ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
कारोबार रकम भने उत्साहजनक नै छ । आज ३२१ कम्पनीको ७ अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।
आज खानीखोला हाइड्रोपावरको ९.९८ प्रतिशत, डोल्टी हाइड्रोको ८.७७ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.८९ प्रतिशत र मोलुङ हाइड्रोको सेयर मूल्य ६.५ प्रतिशत बढेको छ । यी सबैभन्दा बढी सेयर मूल्य बढेका कम्पनी हुन् ।