• Menu

चितवन राइनोजले सुदूरपच्छिम रोयल्सलाई दियो १६५ रनको लक्ष्य  

नेपाल प्रफिट

२०८१ मंसिर २३, १४:४०

चितवन राइनोजले सुदूरपच्छिम रोयल्सलाई दियो १६५ रनको लक्ष्य  

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिए) अन्तर्गत आइतबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपच्छिम रोयल्सलाई १६५ रनको लक्ष्य  दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले चितवन राइनोजले ब्याटिङ रोजेको हो । चितवन राइनोजले निर्धारित २० ओभरमा ५  विकेटको क्षतिमा १ सय १६४ रन बनाएको छ ।

चितवनका लागि ओपनिङ ब्याटर हसन इशाखिलले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन बनाए ।

त्यस्तै, अर्का ओपनर सन्तोस कार्की भने ९ रनमै आउट भए भने विपिन रावलले १७ रन जोडे ।  चितवन राइनोजले यस अगि तिन खेल मध्ये दुई खेलमा विजयी भएको थियो ।