काठमाडौं । एनएमबी बैंकले यो वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने भएको छ । गत वर्ष लाभांश नबाँडेको बैंकले यो वर्ष पनि नबाँड्ने भएको हो ।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकले पठाउने निर्णय गरेको छ ।
बैंकले २०७८/७९ को नाफाबाट भने २०७९/८० मा लगानीकर्तालाई ८.२५ प्रतिशत लाभांश वितरण गरेको थियो ।