काठमाडौं । सिद्धार्थ बैंकले हालसम्मकै न्यून लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्तावअनुसारको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउँछन् ।
बैंकले गत वर्ष सेयरधनीलाई ४.२१ र आव २०७९/८० मा १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।