काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १५.९३ अंकले घटेको छ । व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै समुह घटेको हो ।
खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ भने मानुसी लघुवित्तको ९.८, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९ प्रतिशत मूल्य बढेको छ ।
सपोर्ट माइक्रोफाइनान्सको ८.३, नेपाल फाइनान्सको ७.१, गुराँस लघुवित्तको ६.५ तथा तारागाउँ रिजेन्सीको मूल्य ६.१ प्रतिशत घटेको छ ।
आज ४० कम्पनीको मूल्य बढ्दा २०१ को भने घट्यो ३ वटाको स्थिर छ । कारोबार रकम पनि घटेको छ ।
बुधबार ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको भयो ।
व्यापार ३.६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशत बढे । होटल समुह सबैभन्दा धेरै ३.६३ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.०८, फाइनान्स २.७८, हाइड्रोपावर ०.८८, लगानी ०.९८, उत्पादन १.१४, माइक्रोफाइनान्स १.१४, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.४८ प्रतिशत घटेको छ ।
।