काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो खेलमा जित निकालेको छ । आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विरुद्ध काठमाडौं गुर्खाज ७३ रनले पराजित भएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोएल्स निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६७ रन बनाएको थियो ।
सुदूरपश्चिम लागि ब्रान्डन म्याकमुलेनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए ।
त्यस्तै, ओपनिङ ब्याटर विनोद भण्डारीले २८ बलमा ३५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, रोहन मुस्तफाले ४ र आरिफ सेखले ३ रन बनाए । खेलमा अविजित रहदैँ स्कट कुग्गेलिजनले ७ र इशान पाण्डेले एक रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त १० रन पायो ।
सुदूरपश्चिम रोएल्सले दिएको एक सय ६८ रनको लक्ष्य पच्छाएको काठमाडौं गुर्खाज १५.१ अभरमा अलआउट भएको हो ।
काठमाडौंका लागि स्टेफन स्किनाजीले सबैभन्दा बढी ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेर ३७ रन बनाए । ओपनर द्वय माइकल लेभिट ५ रन र शंकर राना ३ रनमा आउट भए ।
भीम सार्की र गेरार्ल्ड इरासमस १०-१० रन जोडे । सुमित महर्जन पनि १४ रन जोडेर आउट भएपछि काठमाडौं दबाबमा आएका थिए ।
त्यस्तै, प्रतिक श्रेष्ठ ८ रन र कप्तान करण केसी १ रनमा आउट भएपछि काठमाडौं हार नजिक पुगेको थियो ।
काठमाडौं गुर्खाजका लागि काठमाडौँका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेर्हार्ड इरास्मस, शाहब आलम र कप्तान करण केसीले एक-एक विकेट हात पारे ।
काठमाडौंको यो दोस्रो हार हो । यस अघि दुई खेलमा काठमाडौंले एक हार र एक जित निकालेको थियो ।