• Menu

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी उम्मेदवारलाई अग्रता

नेपाल प्रफिट

२०८१ मंसिर १७, १७:२४

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी उम्मेदवारलाई अग्रता

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले अग्रता लिएकी छन् । प्रारम्भिक गणनामा अघि देखिएकी एमाले उम्मेदवार जाना शाहीलाई तिमल्सिनाले पछि पारेकी हुन् ।

शाहीलाई कांग्रेस उम्मेदवार सविता बुढाले समेत पछि पारेकी छन् । साँझ ५ बजेसम्मको मतपरिणामअनुसार तिमल्सिनाले ७०६ मत ल्याउँदा एमाले उम्मेदवार शाहीले ४७१ मत पाएकी छन् भने कांग्रेसकी बुढाले ४९३ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।