काठमाडौँ । स्थानीय तह उपनिर्वाचन सम्पन्न भएका ४१ मध्ये हालसम्म ३८ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ३० वटा वडा, दुईवटा गाउँपालिकाका अध्यक्ष र तीन स्थानीय तहका उपाध्यक्ष/उपप्रमुख पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
हालसम्म सबैभन्दा धेरै वडा नेपाली कांग्रेसले जितेको छ भने नेकपा माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो बनेका छन् । कांग्रेसले सबैभन्दा धेरै १६ वडा जितेको छ भने माओवादीले एक अध्यक्ष, एक उपप्रमुख, एक उपाध्यक्ष र ६ वडा जितेको छ । एमालेले एक अध्यक्ष, एक उपाध्यक्ष र पाँच वडा जितेको छ । बाँकी दल र स्वतन्त्रले ६ वडा जितेका छन् ।
अब कीर्तिपुर नगरपालिका प्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको अन्तिम मतपरिणाम आउन बाँकी छ । तीन स्थानको मतगणना भइरहेको छ । साँझ ५ बजेसम्मको गणनाअनुसार कीर्तिपुरमा कांग्रेस तथा सर्केगाड र गौरीशंकरमा माओवादी उम्मेदवारको अग्रता छ ।
नेपाली कांग्रेस
१. तेह्रथुमको लालीगुराँस नगरपालिका-८ को अध्यक्षमा नगेन्द्र लिम्बूले ४४० मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धबहादुर लिम्बूले पाए ३६० मत
२. सुनसरीको गढी गाउँपालिका-६ को अध्यक्षमा तेतर साहु ८१६ मतसहित विजयी । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ल्याए ७९४ मत ।
३. रौतहटको ईश्नाथ नगरपालिका–७ मा शेख अब्दुल खलिक ६२७ मतसहित अध्यक्षमा विजयी । निकटतम प्रतिद्वन्द्वी एमालेका शेख अनवारले पाए ५७५ मत ।
४. रौतहटको राजपुर नगरपालिका–६ को अध्यक्षमा समसे आलम ७४४ मतसहित विजयी । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जिकरूलाहले ल्याए ४६३ मत ।
५. काठमाडौंको कीर्तिपुर नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मतसहित विजयी । निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले पाए ४९८ मत ।
६. हेटौंडा उपमहानगरपालिका–१२ को अध्यक्षमा अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले ल्याए १ हजार ५६० मत ।
७. गुल्मीको मुसिकोट–१ मा आनन्द श्रेष्ठ १ हजार १८४ मतसहित अध्यक्ष निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर थापाले ल्याए ९३० मत ।
८. रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को अध्यक्षमा भुपमणि पुनमगर ६४३ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनले पाए ५३५ मत ।
९. बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को अध्यक्षमा अमिन थारू १ हजार ४३ मतसहित विजयी । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरबहादुर थारूले पाए ६७८ मत ।
१०. जाजरकोटको कुशे गाउँपालिका–७ को अध्यक्षमा खम्बबहादुर सिंह ३४७ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ल्याए ३३२ मत ।
११. रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका मोतीराम खत्री ५९० मतसहित निर्वचित । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जसीराम बस्नेतले ल्याए ५३७ मत ।
१२. बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा धिरेन्द्र पुजारा ६५७ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका लखीचन्द्र बोहराले पाए ४८७ मत ।
१३. डोटीको पुर्वीचौकी गाउँपालिका–६ को अध्यक्षमा ४६८ मतसहित मोहन थापा निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका देवबहादुर थापाले पाए ३०१ मत ।
१४. दार्चुलाको दुहु गाउँपालिका–५ को अध्यक्षमा ३७६ धनसिंह कुँवर निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका मानसिंह बडालले पाए ३५८ मत ।
१५. कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षमा प्रकाश चन्द १ हजार १०७ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले पाए ४८७ मत ।
१६. काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को अध्यक्षमा राजेन्द्र बानियाँ १ हजार ५५ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ल्याइन् ८०६ मत ।
नेकपा (माओवादी केन्द्र)
१. मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नमोनारायण माझी ६ हजार ९६९ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार बलराम सरदार थारूले पाए ५ हजार ३३३ मत ।
२. जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने ४ हजार २७२ मतसहित निर्वाचित । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी इन्द्राचन्द सिंहले पाइन् ३ हजार १४७ मत ।
३. रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा ३ हजार ६२७ मतसहित माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित । कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनले पाइन् २ हजार १२८ मत ।
४. डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को अध्यक्षमा नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर रोकाले पाए ११६ मत ।
५. उदयपुरको त्रियुगा नगरपालिका–१२ को अध्यक्षमा नवीनकुमार बान्तवा राई ९२३ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले पाए ६०८ मत ।
६. धनुषाको धनुषाधाम नगरपालिका–१ को अध्यक्षमा सुनिल कापर केवट ६८४ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोककुमार मण्डलले पाइ ६०२ मत ।
७. नुवाकोटको ककनी गाउँपालिका–२ को अध्यक्षमा कृष्ण घिमिरे १ हजार ८५ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सूर्य तामाङले पाए ५८७ मत ।
८. गोरखा नगरपालिका–५ को अध्यक्षमा विष्णुबहादुर मगर ४८६ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भाइकाजी आलेले ल्याए ४०२ मत ।
९. रोल्पाको पुथा उत्तरगंगा–२ को अध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निवार्चित ।
नेकपा एमाले
१. दैलेखको महाबु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही ३ हजार १२७ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका झलकबहादुर भण्डारीले पाए २ हजार ६७५ मत ।
२. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचना भण्डारी १ हजार ७४० मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुल्तीसरा शाहीले पाइन् १ हजार ४७४ मत ।
३. ताप्लेजुङको सिरिजंघा-३ को अध्यक्षमा ३५३ मतसहित कुमारी सावादेन निर्वाचित । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अम्बी साउदेनले पाइन् २५१ मत ।
४. ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को अध्यक्षमा गंगाबहादुर तामाङ ३९९ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका घनश्याम दाहालले ल्याए १७७ मत ।
५. महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा सकिवुल खाँ ६३१ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका आइतीकुमारी यादवले ल्याइन् ५३४ मत ।
६. कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्षमा मोहमत ताहिर मुसलमान १ हजार १५० मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेशकुमार यादवले पाए १ हजार ७६ मत ।
७. दैलेखको दुल्लु नगरपालिका–१३ को अध्यक्षमा लालबहादुर शाही ५७४ मतसहित विजयी । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेशमबहादुर शाहीले ल्याए ५७१ मत ।
अन्य दल
१. सप्तरी डाक्नेश्वरी नगरपालिका–१ को अध्यक्षमा धिरेन्द्रकुमार शाह ६५२ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुलियादेवी थरूनीले ल्याइन् ५८७ मत ।
२. डाक्नेश्वरी–४ को अध्यक्षमा ३७२ मतसहित देवेन्द्रप्रसाद यादव निर्वाचित । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जोगिन्द्रराय अमातले पाए २७७ मत ।
३. काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रोजिना श्रेष्ठ २ हजार ९०२ मतसहित नेर्वाचित । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले ल्याए २ हजार २२० मत ।
४. रौतहटको गढीमाई नगरपालिका–८ को अध्यक्षमा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव ६५५ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका जिउतीदेवी यादवले पाइन् ६३१ मत ।
५. कालीकोटको तिलागुफा नगरपालिका–४ को अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नैशोभा शाहीले ल्याइन् ११५ मत ।
६. झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मतसहित निर्वाचित । निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले पाए ३५६ मत ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal