• Menu

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

नेपाल प्रफिट

२०८१ मंसिर १७, १६:१६

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्डले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको जनकपुरले आफ्नो दोस्रो खेलमा कर्णालीलाई ८ विकेटले नै पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएको थियो । कर्णालीका लागि भारतीय स्टार क्रिकेटर शिखर धवनले १४ रन मात्र बनाउँदा गुल्सन झाले सर्वाधिक ३६ र अर्जुन घर्तीले ३३ रन बनाए ।

जनकपुरले १४२ रनको लक्ष्य १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको छ । जनकपुरका लागि अनिल साहले ३ छक्का र चार चौकाको सहयोगमा सर्वाधिक ६२ रन बनाए । त्यस्तै आशिफ शेखले ३६ रन जोडे ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको जनकपुरले दोस्रो जितसँगै ४ अंक जोडेको छ ।