• Menu

एनपिएल : कर्णाली याक्सले टस जित्यो, पहिले ब्याटिङ गर्दै

नेपाल प्रफिट

२०८१ मंसिर १७, १३:११

एनपिएल : कर्णाली याक्सले टस जित्यो, पहिले ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्‌विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।

कर्णाली याक्समा शिखर धवन, चाडविक वाल्टन, बाबर हायात र जीशान मकसुद छन् ।

यस अगि पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको जित निकालेको थियो ।

जनकपुर बोल्टस्‌ र कर्णाली याक्सको खेल १:१५ देखि सुरु हुने छ ।