काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उद्घाटन खेलसँगै आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पुरस्कार रकमको घोषणा गरेको हो ।
प्रतियोगिताको उपविजेता टोलीले ५० लाख, तेस्रो हुने टोलीले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउनेछ ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेन्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धामा छन् ।