• Menu

पूर्णपाठसहित

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक : भएन कुनै फेरबदल

नेपाल प्रफिट

२०८१ मंसिर १४, शुक्रबार १०:३३

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक : भएन कुनै फेरबदल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिका सबै नीतिगत व्यवस्थालाई कायम राख्दै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

समीक्षामा मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ ।

त्यस्तै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत् राखिएको छ ।

मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा केन्द्रीय बैंकले गरेको छ ।