काठमाडौँ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ ।
साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा प्रसाईंलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हो । उनलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।