काठमाडौँ । स्थानीय बजारमा आइतबार पहेँलो धातुको मूल्य प्रतितोला ५ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक हजार ६६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६६ हजार निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला २० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९ सय ६० निर्धारण भएको छ ।