• Menu

तिहारपछिको दोस्रो दिन पनि सेयर बजारमा छाएन उत्साह

नेपाल प्रफिट

२०८१ कात्तिक २१, बुधबार १५:१४

तिहारपछिको दोस्रो दिन पनि सेयर बजारमा छाएन उत्साह

काठमाडौं । तिहारपछि कारोबार खुलेको दोस्रो दिन पनि सेयर बजार सामान्य रह्यो । मंगलबार ०.२१ अंकले घटेको बजार आज बुधबार १.८८ अंकले घटेको हो ।

कारोबार रकम भने उत्साहजनक नै छ । मंगलबार चार अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोड रुपैयाँबराबरको कारोबार भएको हो । आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ ।

आज विकास बैंक, वित्त, जलविद्युत, म्युचुअल फन्ड र व्यापार समूह बढेका छन् । बैंकसहितका अरु समूह घटेपछि नेप्से परिसूचक बढ्न सकेन ।