• Menu

नेप्सेमा २५ अंकको वृद्धि, सबै समूहमा हरियाली

नेपाल प्रफिट

२०८१ कात्तिक ६, १५:०८

नेप्सेमा २५ अंकको वृद्धि, सबै समूहमा हरियाली

काठमाडौं । लगातार दुई दिनमा उच्च अंकले घटेको सेयर बजार परिसूचक नेप्से मंगलबार २५ अंकले बढेको छ । आइतबार र सोमबार गरी १०५ अंकले घटेको सेयर बजारमा आज हरियाली छाएको हो ।

आज नेप्से २५.८८ अंकले बढेर २६६५.८१ अंकमा उक्लिएको छ । बैंक, वित्त, बिमा, उत्पादनमूलक, जलविद्युत, होटललगायतका सबै समूहमा हरियाली छाउँदा १९९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ४० कम्पनीको मूल्य घट्यो भने पाँचवटाको परिवर्तन भएन ।

आज कारोबार रकम भने घटेको छ । आज ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो रकम सोमबारको तुलनामा कम हो । सोमबार एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता सेयर पाँच अर्ब ९० करोड सात लाख रुपैयाँबराबरमा किनबेच भएको थियो ।