• Menu

दुई दिनमै १०५ अंकले घट्यो सेयर बजार, उच्च अंकले बजार घट्दा पनि २३ कम्पनीको मूल्यवृद्धि

नेपाल प्रफिट

२०८१ कात्तिक ५, १६:०३

दुई दिनमै १०५ अंकले घट्यो सेयर बजार, उच्च अंकले बजार घट्दा पनि २३ कम्पनीको मूल्यवृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दुई दिनमा १०५.४३ अंकले घटेको छ । आइतबार ४७.४४ अंकले घटेको बजार आज सोमबार पनि ५७.९९ अंकले ओरालो लागेको छ ।

दुई दिनको उच्च अंकको गिरावटसँगै नेप्से परिसूचक २६३९.९२ अंकमा ओर्लिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.१४ अंकले ओरालो लागेर ४७६.२४ अंकमा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता सेयर पाँच अर्ब ९० करोड सात लाख रुपैयाँबराबरमा कारोबार भएको छ । आज २३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने २२१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

बजार घट्दा पनि विन नेपाल लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८२, कालिका लघुवित्त ५.५२, पिपल्स पावर ४.८४ र मानुषी लघुवित्तका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाएका छन् ।

ङादी ग्रुप अफ पावर ९.२०, गुडविल फाइनान्स ५.६५, छ्याङ्दी हाइड्रोपावर ४.७९, इस्टर्न हाइड्रोपावर ४.७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ४.६७ प्रतिशतले गुमाएका छन् ।