• Menu

लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद स्वीकृत

नेपाल प्रफिट

२०८१ असोज ३०, बुधबार ११:४३

लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद स्वीकृत

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको ५० प्रतिशत हकप्रद स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर स्वीकृत भएको सम्बन्धमा असोज २३ मा जानकारी दिएको कम्पनीले जनाएको हो ।

कम्पनी सचिव ध्रुवकुमार श्रेष्ठका अनुसार लिबर्टीले ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई दिएको छ ।

हकप्रद भर्ने मिति कम्पनीले सूचना जारी गरी सार्वजनिक गर्नेछ । त्यससँगै यदि १०० कित्ता सेयर छ भने ५० कित्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अर्थात् अंकित मूल्यमा हकप्रदका लागि आवेदन दिन सकिनेछ । हाल १ अर्ब ५० करोड चुक्ता पुँजी रहेको लिबर्टीको हकप्रद निष्कासनपछि चुक्ता पुँजी २ अर्ब २५ करोड पुग्नेछ ।