काठमाडौँ । दसैँअघिको अन्तिम दिन ४.८५ अंकले बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बिदापछि खुलेको पहिलो दिनमा पनि उत्साहजन ढंगले बढेको छ ।
आज नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा उक्लिएको हो । आज तीन सय सात कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता सेयर तीन अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छ ।
आज दुई सय पाँच कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स र मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक १०-१० प्रतिशत कमाएका छन् ।
यस्तै मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताको सम्पत्ति ९.३२ र समृद्धि फाइनान्सका लगानीकर्ताको सम्पत्ति ६.८४ प्रतिशतले बढेको छ । आज उत्पादनमूलकबाहेकका सबै समूहमा हरियाली छाएको छ ।