• Menu

काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै

नेपाल प्रफिट

२०८१ असोज २३, बुधबार ११:३१

काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखहाराहारी मानिस बाहिरिन थालेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएको उनले बताए । ‘आइतबार र मंगलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको संख्या बढेको छ,’ उनले भने । दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।

नायब उपरीक्षक कार्कीले बसपार्क, कलंकी, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको चाप बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौंडा र कान्ति राजमार्ग भएर यात्रीहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । घर जानका लागि बसपार्कमा टिकट लिन जानेहरुको पनि भीड छ ।