काठमाडौं । दुई दिनमा ९३ अंक बढेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार २७ अंकले घटेको छ । आइतबार ५६.०९ र सोमबार ३७.१३ अंकले बढेर २७०० अंक नजिक पुगेको बजार आज २७.३९ अंकले घटेर २६६३.३२ अंकमा झरेको हो ।
आज म्युचुअल फन्ड समूह स्थिर छ भने बाँकी सबै समूह राताम्य छन् । सबैभन्दा धेरै वित्त समूह २.७६ प्रतिशतले घटेको छ ।
फूलपातीको दुई दिनअगाडि कारोबार भएको बजारमा मंगलबार ३५ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने २०७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
आज कारोबार रकम पनि खुम्चिएको छ । सोमबार ३०५ कम्पनीको ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको बजारमा आज ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको हो । दसैंअघि भोलिको कारोबार अन्तिम हुनेछ ।