• Menu

नेप्सेमा ३७ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेपाल प्रफिट

२०८१ असोज २१, १५:१४

नेप्सेमा ३७ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोस्रो दिन पनि उकालो लागेको छ । साताको पहिलो दिन आइतबार ५६.०९ अंकले नेप्से परिसूचक आज सोमबार ३७.१३ अंकले बढेको हो ।

आजको वृद्धिसँगै नेप्से २७ सय अंकनजिक पुगेको छ । उत्पादनमूलक र वित्तबाहेकका सबै उपसमूह बढेपछि नेप्से आज १.३९ प्रतिशतले बढेर २६९०.७२ अंकमा उक्लिएको छ । सबैभन्दा धेरै होटल समूह ३.५ प्रतिशतले बढेको छ ।

आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको घटेको छ । आज कारोबार रकम पनि बढेको छ । आज ३०५ कम्पनीको ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो रकम हिजोको तुलनामा धेरै हो ।

हिजो एक करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा कारोबार भएको थियो ।