• Menu

टिकेन पुँजीबजारको उकालो यात्रा : नेप्से परिसूचक २६ अंकले घट्यो

नेपाल प्रफिट

२०८१ असोज १६, बुधबार १५:४२

टिकेन पुँजीबजारको उकालो यात्रा : नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौँ । पछिल्लो दुई कारोबार दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ अंकमा झरेको हो ।

आज तीन सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ बराबरको कारोबार भएको छ ।

आज वित्त समूहको उपसूचक १.७५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समूहमा १.८२ प्रतिशतको गिरावट देखिएको छ । बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, जलविद्युत् १.७४, लगानी १.५२ र जीवन बिमा ०.४० प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन १.७९, लघुवित्त १.१२, म्युचुअल फन्ड ०.४१, व्यापार १.१८ र अन्य समूह ०.०३ प्रतिशतले घटेको छ । थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्सको २० करोड ७१ लाख ५५ हजार दुई सय ६७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी प्रमोटर सेयर सात लाख ९ हजार आठ सय ६७ कित्ता किनबेच भएको छ ।