• Menu

सेयर बजारमा ११४ अंकको उछाल, सबै समूहमा हरियाली

नेपाल प्रफिट

२०८१ असोज १५, १५:३१

सेयर बजारमा ११४ अंकको उछाल, सबै समूहमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार ११४ अंकले बढेको छ । सबै समूहमा हरियाली छाएपछि नेप्से परिसूचक ११४.७ अंकले बढेर २६२३.५६ अंकमा उक्लिएको हो ।

सबैभन्दा धेरै वित्त समूह ९.७४ प्रतिशतले बढेको छ । त्यस्तै बैंक समूह ३.८२, विकास बैंक ५.४८, होटल ५.९७, जलविद्युत ५.९८, लगानी ६.१, जीवन बिमा ४.१२, उत्पादन २.१९, लघुवित्त ३.९८, म्युचुअल फन्ड १.६६, निर्जीव बिमा ३.०९, अन्य ४.६७ र व्यापार समूह ३.९९ प्रतिशतले उकालो लागेका छन् ।

कारोबार भएका २४४ मध्ये २४३ कम्पनीको मूल्य बढेको छ भने युनिलिभरको मात्र घटेको छ । कारोबार रकममा पनि आज सुधार आएको छ । आज म्युचुअल फन्डसहित ३०७ कम्पनीको ७ अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।

आज २१ वटा कम्पनीकी सेयर मूल्य सकारात्मक सर्किट लाग्दा १५ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।