काठमाडौं । आशा लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीका लागि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले आव २०७९/८० मा सेयरधनीको हात खाली बनाएको थियो भने आव २०७८/७९ मा १५ प्रतिशत नै लाभांश बाँडेको थियो ।