काठमाडौँ । संसदीय छानबिन विशेष समितिले अध्ययन गरेका ४० सहकारी संस्थामा बचतकर्ताको ७१ अर्ब ३० करोड ४३ लाख रुपैयाँ अपचलन पाइएको छ ।
शुक्रबार सार्वजनिक प्रतिवेदनअनुसार ३ अर्ब ८१ करोड सेयर पुँजी रहेको ४० सहकारीको कुल सम्पत्ति करिब १३ अर्ब रुपैयाँ छ ।
समितिले प्रतिवेदनका लागि अध्ययन गरेको अवधिसम्ममा ती संस्थाले वित्तीय संस्थामा करिब २ अर्ब बचत राखेका छन् भने ५३ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । यस अवधिमा ती सहकारीको कुल लगानी पौने ३ अर्बभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले समस्याग्रस्त घोषणा गरेका २२ सहकारीबाट बचतकर्ताले पाउन बाँकी रकम ४२ अर्ब ८१ करोड ७७ लाख रुपैयाँ छ ।