• Menu

नेप्से परिसूचकमा ४४ अंकको वृद्धि, २१० कम्पनीको सेयर मूल्य बढ्यो

नेपाल प्रफिट

२०८१ असोज १४, १७:५४

नेप्से परिसूचकमा ४४ अंकको वृद्धि, २१० कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.४५ अंकले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक सोमबार १.८० प्रतिशतले बढेर २५०८.८६ को अंकमा कायम भएको हो ।

आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर ५० हजार ६८० पटक खरिद-बिक्री हुँदा कारोबार रकम तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ रुपैयाँमा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम तीन महिनायताकै न्यून हो ।

म्युचुअल फन्ड समूह ०.६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह ४.१९ र उत्पादन तथा प्रशोधन समूह ३.८३ प्रतिशतले बढेको छ ।

बैंकिङ १.१८, विकास बैंक १.९३, होटल तथा पर्यटन ३.२८, जलविद्युत् १.२२, जीवन बिमा १.७८ र लघुवित्त १.८५ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बिमा ०.७१, व्यापार १.५२ र अन्य समूह २.३७ प्रतिशतले बढेको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको सेयर मूल्य ९.३६ प्रतिशत छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १७ करोड ६९ लाख ६४ हजार २७ रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने सिटिजन सुपर-३० म्युचुअल फन्डको १२ लाख एक हजार ४२० कित्ता सेयर किनबेच भएको छ ।