काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन् । छुटसम्बन्धी समझदारीमा बैंकका नायब महाप्रबन्धक तथा बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले बुद्ध एयरको टिकटको खरिदमा छुट सुविधा पाउनेछन् ।
बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन् । साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरबाट टिकट लिएपश्चात बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्न छुट सुविधा उपलब्ध हुनेछ ।
ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।