• Menu

मनमोहन अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु

नेपाल प्रफिट

२०८१ साउन २६, शनिबार २०:११

मनमोहन अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु

काठमाडौँ । काठमाडौँको महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेका एक युवाको आज मृत्यु भएको छ ।

प्रहरी वृत्त महाराजगन्जका अनुसार अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाम फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको हो ।

महाराजगन्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेको र केहीबेरमा हाम फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ ।

घटना अपराह्न ३० बजेतिर भएको र घटनापछि गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्तसमेत नभएको पाइएको छ ।