• Menu

नेप्से परिसूचकमा १०८ अंकको वृद्धि, २३९ कम्पनीको सेयर मूल्य बढ्यो

नेपाल प्रफिट

२०८१ साउन २३, बुधबार १६:३०

नेप्से परिसूचकमा १०८ अंकको वृद्धि, २३९ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ । मंगलबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको सुधार देखिएको छ । नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ अंकमा उक्लिएको हो ।

आज नेप्से परिसूचक ४.०८ प्रतिशतले बढेको हो । ३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर दुई लाख १२ हजार ६८१ पटक खरिद-बिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख १८ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ७.८९ प्रतिशतले बढेको छ । बैंकिङ २.३२, विकास बैंक ४.५१, वित्त ७.६३, होटल तथा पर्यटन ५.१३, जलविद्युत् ५.७२, लगानी ३.८९ र जीवन बिमा ३.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै उत्पादन तथा प्रशोधन ३.५३, लघुवित्त २.१७, म्युचुअल फन्ड १.०१, निर्जीवन बिमा ३.०८ र व्यापार समूह ५.५३ प्रतिशतले बढेको छ ।

आज १० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २३९ कम्पनीको सेयर मूल्य बढ्दा तीनवटा कम्पनीको मात्रै घटेको छ ।

कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्सको एक अर्ब ५३ करोड ५३ लाख ६० हजार ४७३ रुपैयाँबराबरको १६ लाख ९४ हजार २१ कित्ता सेयर किनबेच भएको छ ।