काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स समिट २०८१ सम्पन्न भएको छ । कम्पनीले देशभरका शाखा प्रमुख र उच्च व्यवस्थापकको उपस्थितिमा भव्यताका साथ बिजनेस एक्सिलेन्स समिट सम्पन्न गरेको हो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले कार्यसम्पादनमा आउन सक्ने चुनौतीलाई अवसरमा बदलेर अगाडि बढ्न कर्मचारीलाई हौसला प्रदान गरे । उनले आगामी वर्षमा व्यवसाय विस्तारमा विशेष जोड दिन पनि सबैलाई निर्देशन दिए ।
त्यस्तै नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सहभागीहरुलाई स्वागत गर्दै उच्च व्यावसायिक मनोबलमा रहेर काम गर्न आग्रह गरे । नायब महाप्रबन्धक सोनबहादुर मगरले आगामी वर्षको व्यावसायिक रणनीति, बिक्री कला, बिमा बजारलगायत समग्र बिमा क्षेत्रको बारेमा जानकारी गराए ।
कार्यक्रम साउन १८ देखि २० सम्म तीन दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो । कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर चर्चित हास्य कलाकार मनोज गजुरेलले रोचक प्रस्तुति दिएका थिए । त्यसैगरी मोटिभेसनल कोच बिके विजयराज सिग्देल उत्प्रेरणात्मक सेसनमा सहभागी भए ।
कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले धन्यवाद ज्ञापन गरी समापन गरिएको कार्यक्रम योगेन्द्रप्रसाद खतिवडाले सञ्चालन गरेका थिए ।