• Menu

एनएमबीको नाफा २ अर्ब ३३ करोड, वितरणयोग्य कति ?

नेपाल प्रफिट

२०८१ साउन २१, १६:२४

एनएमबीको नाफा २ अर्ब ३३ करोड, वितरणयोग्य कति ?

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा भने २७.४९ प्रतिशत घटेको हो । बैंकले अघिल्लो वर्ष ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

एनएमबीको वितरणयोग्य नाफा २४ करोड छ भने लाभांश क्षमता १.३ प्रतिशत छ । कुल २ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको बैंकले १ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको जगडे कोषमा १० अर्ब ४६ करोड रुपैयाँ छ ।

बैंकको प्रतिसेयर आम्दानी १२.७२ रुपैयाँ, नेटवर्थ १५८.२७ रुपैयाँ, निष्क्रिय कर्जा ३.२७ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.१४ र सीडी रेसियो ८३.९१ प्रतिशत छ ।