• Menu

वाणिज्य बैंकहरुले एक वर्षमा कमाए ६४ अर्ब १५ करोड ‘प्रफिट’, कुनको कति ?

नेपाल प्रफिट

२०८१ साउन २१, ०९:३७

वाणिज्य बैंकहरुले एक वर्षमा कमाए ६४ अर्ब १५ करोड ‘प्रफिट’, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

कर्जा प्रवाह सुस्त भएर बैंकमा पैसा थुप्रिँदा पनि वाणिज्य बैंकहरुले अघिल्लो वर्ष २०७९/८० को भन्दा १३.४ प्रतिशत बढी खुद नाफा गरेका हुन् । अघिल्लो वर्षभरमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा गरेका थिए ।

गत वर्ष सबैभन्दा बढी नाफा गर्ने पाँच बैंकमा नबिल ७ अर्ब ६ करोड, ग्लोबल आइएमई बैंक ६ अर्ब १ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ५ अर्ब १९ करोड, प्रभु बैंक ४ अर्ब ४८ करोड र प्राइम कमर्सियल बैंक ३ अर्ब ७७ करोड छन् । सबैभन्दा कम नाफा गर्ने सूचीमा सिटिजन्स बैंक र माछापुच्छ्रे बैंक छन् ।

सबैभन्दा धेरै नाफा प्रभु बैंकले बढाएको छ । अघिल्लो वर्ष जम्मा २८ करोड नाफा गरेको वर्ष बैंकले यस वर्ष ४ अर्ब ४८ करोड नाफ गरेको छ । त्यस्तै अघिल्लो वर्ष ५१ करोड नाफा गरेको कुमारी बैंकले गत वर्ष २ अर्ब ३० करोड नाफा कमाएको छ ।

नाफा खस्किने बैंकको सूचीमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । अघिल्लो वर्ष ४ अर्ब ४४ करोड खुद नाफा गरेको एनआईसी एसियाले गत वर्ष १ अर्ब ३८ करोडमात्र नाफा गरेको छ ।

(यसअघि तथ्यांकगत त्रुटि भएकाले सच्याइएको छ । – सम्पादक)