• Menu

ग्लोबल आईएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ इकाइ बन्द

नेपाल प्रफिट

२०८१ साउन २०, १२:०५

ग्लोबल आईएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ इकाइ बन्द

काठमाडौं । ग्लोबल आईएमई बैंकले २२ स्थानमा रहेका शाखारहित बैंकिङ इकाइ बन्द गरेको छ । बैंकले साउन १७ देखि लागू हुने गरी २२ स्थानका शाखारहित बैंकिङ इकाइ बन्द गरेको हो ।

सञ्चालक समितिको निर्णयअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर बैंकले शाखारहित इकाइ बन्द गरेको बैंकले जनाएको छ । २२ शाखारहित इकाइ बन्द भएपछि अब बैंकका शाखारहित इकाइको संख्या २५५ मा झरेको छ । यसअघि इकाइ संख्या २७७ थियो ।

बैंकले कैलाली जिल्लाका ६, बैतडीका चार, अछाम र दार्चुलाका तीन-तीन तथा डडेल्धुरा, डोटी र कञ्चनपुरका दुई-दुईवटा शाखारहित इकाइ बन्द गरेको हो । शाखारहित इकाइ बन्द भएका क्षेत्रका ग्राहकलाई नजिकैका शाखाबाट कारोबार गर्न बैंकले आग्रह गरेको छ ।