काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बिहीबार प्रतितोला एक लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि एक लाख ४९ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँ बढेको हो । यसअघि साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य प्रतितोला एक हजार ७९५ रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।