• Menu

सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार चार सय

नेपाल प्रफिट

२०८१ साउन १७, १२:२४

सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार चार सय

काठमाडौँ । सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ४०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको सुन बिहीबारका लागि एक हजार ६ सय रुपैयाँ बढेको हो ।

आजको वृद्धिपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार ८०० रुपैयाँ निर्धारण भएको हो ।