• Menu

कार्यकारी निर्देशक रामु पौडेल तोकिए राष्ट्र बैंकको प्रवक्ता

नेपाल प्रफिट

२०८१ साउन १४, १०:४०

कार्यकारी निर्देशक रामु पौडेल तोकिए राष्ट्र बैंकको प्रवक्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक रामु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । राष्ट्र बैंकले २०८१ साउन १४ देखि लागू हुने गरी पौडेललाई प्रवक्ता तोकेको जनाएको छ ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा एमबीए हासिल गरेका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेल हाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख छन् ।