• Menu

ग्लोबल आइएमई बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशत छुट

नेपाल प्रफिट

२०८१ साउन १३, १५:४९

ग्लोबल आइएमई बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकलाई र्‍याडिसन  होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप तथा ट्राङक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौँले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा छुट पाउनेछन् ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजना ल्याएर ग्राहकलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।