काठमाडौँ । सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको हो ।
यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ७५० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।