• Menu

१२ मिनेटमै १ अर्बको सेयर किनबेच

नेपाल प्रफिट

२०८१ साउन ७, ११:२०

१२ मिनेटमै १ अर्बको सेयर किनबेच

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा १२ मिनेटमै १ अर्बको सेयर किनबेच भएको छ । सोमबार बजार खुलेको १२ मिनेटभित्रै १ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको हो ।

केही दिनयता सेयर बजारमा ठूलो अंकको कारोबार भइरहेको छ । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार १५ अर्ब ५४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । यो साताको पहिलो दिन आइतबार पनि १५ अर्ब २३ करोडको सेयर किनबेच भएको छ ।

अघिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक २४५.५३ अंकले बढेर २२४०.४१ अंकबाट २४८५.९४ अंकमा उक्लिएको छ ।

आज बजार खुलेको २ मिनेटमै नेप्से परिसूचकले २५०० अंक पार गरेको थियो ।