• Menu

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

नेपाल प्रफिट

२०८१ साउन ६, १८:०१

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरीको विशेष उपस्थिति थियो ।

सम्झौता अनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

बैंकका ग्राहकले अस्पतालको शय्या शुल्क, अस्पताल सेवाहरु : डायगोनेस्टिक, ओपीडीलगायतका सेवाका साथै आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

‘यस साझेदारीपश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा सुविधा उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्न ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी छौँ,’ इशान अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पि. चौधरीले भने ।

चौधरीले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने स्पष्ट पारे ।

ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेलले इशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास बैंकले लिएको जानकारी दिए ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समय सान्दर्भिक साझेदारी योजना ल्याएर ग्राहकलाई प्रत्यक्ष लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

यसैगरी, ‘सबैका लागि बैंक’ को नारालाई सार्थक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी प्रत्यक्षरुपमा लाभान्वित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।