• Menu

सिमलताल पहिरोमा बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली

नेपाल प्रफिट

२०८१ साउन ६, १०:३५

सिमलताल पहिरोमा बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली
पहिरोमा बेपत्ता भएकाहरुको खोजी गरिँदै । फाइल तस्बिर ।

चितवन । नारागणगढ-मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ ।

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ ।

अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।