• Menu

परराष्ट्रमन्त्री डा. राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

नेपाल प्रफिट

२०८१ साउन ४, शुक्रबार १४:१५

परराष्ट्रमन्त्री डा. राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको छ ।

भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।