• Menu

द्वारिकाज होटलकी सञ्चालक श्रेष्ठको निधन

नेपाल प्रफिट

२०८१ साउन ३, १४:४४

द्वारिकाज होटलकी सञ्चालक श्रेष्ठको निधन

काठमाडौं । काठमाडौंमा रहेको द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको हो ।

निमोनिया र बाथरोगबाट पीडित ९१ वर्षीय श्रेष्ठ दुई महिनादेखि उपचाररत थिइन् । पर्यटन व्यवसयी श्रेष्ठको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।

श्रेष्ठ होटल तथा पर्यटन उद्योगमा ६५ वर्षदेखि सक्रिय थिइन् । उनले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन् ।

सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी उनले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छोरी छन् । उनका श्रीमान् र छोराको निधन भइसकेको छ ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘अग्रज पर्यटन व्यवसायीको सम्मानार्थ’ भन्दै आफ्नो फेसबुक प्रोफाइलमा यो भिडियो राखेका छन् । सन् २०१८/१९ मा पर्यटनमा लामो योगदान पुर्‍याउने योगदानकर्तालाई सम्मान गर्ने पहलको रूपमा यो भिडियो तयार पारिएको उनले उल्लेख गरेका छन् ।