• Menu

भरतपुर विमानस्थलमा श्री एयरलाइन्सको परीक्षण उडान

नेपाल प्रफिट

२०८१ असार ६, १०:४५

भरतपुर विमानस्थलमा श्री एयरलाइन्सको परीक्षण उडान

चितवन । चितवनको भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले परीक्षण उडान गरेको छ ।

बिहीबार बिहान श्री एयरलाइन्सको ८० सिट क्षमताको जहाज भरतपुर विमानस्थलमा सफल अवतरण गरेको हो ।

श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको छ ।

हालसम्म भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाजले मात्रै उडान भर्दै आएको थियो ।