काठमाडौं । नेपाल बिजनेस मिडिया प्रालिद्वारा सम्प्रेषित आर्थिक अनलाइन पत्रिका नेपाल प्रफिट डटकम, इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)मा आबद्ध भएको छ ।
इमानमा आबद्धतासँगै नेपाल प्रफिटका सञ्चालक तथा सम्पादक डीआर आचार्य कार्यसमिति सदस्यमा मनोनित भएका छन् । गएको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई रिक्त कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।
इमानको केन्द्रीय सदस्यमा अर्थ नेपाल डटकमका सञ्चालक तथा सम्पादक मनोज थापा पनि मनोनित भएका छन् । आचार्य र थापा केन्द्रीय सदस्यमा मनोनित भएको पत्र आइतबार इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरे ।
इमान कार्यसमितिमा अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, उपमहासचिव टंक कार्की, सचिव प्रकाश अर्याल र कोषाध्यक्षमा अमिर लामा रहेका छन् ।
संस्थाको कार्यसमिति सदस्यमा अप्सरा गौतम र उत्सव ढकाल रहेकोमा अब डीआर आचार्य र मनोज थापा थपिएका छन् ।
इमानले प्रदेश स्तरमा समेत आफ्नो च्याप्टर बनाउन सुरु गरेको छ । हाल कोशी प्रदेशमा सञ्जीव वाग्लेको अध्यक्षतामा प्रदेश समिति बनेको छ भने अन्य प्रदेशमा चाँडै कार्यसमिति गठन गर्ने इमानको तयारी छ ।