रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्यममा पढ्ने र सुन्ने गरेका छौँ । नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरे पनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ ।
रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ । नेपालमा हाल वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख पिन्ट रगत आवश्यक हुने गरेको छ ।
एकातर्फ रक्तदान गर्ने युवा दिनप्रतिदिन रोजगारी र पढाइको सिलसिलामा बिदेसिएका छन् भने अर्कोतर्फ रोगी र वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्गसमेत घटिरहेको छ । तर, नेपालभर वार्षिक जम्मा ३ लाख पिन्ट मात्र रगत संकलन हुँदै आएको छ ।
यो तथ्यांकलाई हेर्ने हो भने पनि नेपालमा अझै वार्षिक १ लाख पिन्ट रगत अपुग भएको देखिन्छ । तर, त्यो ३ लाखबाट ९ लाख रक्ततत्व बनाउन सकिन्छ । यसकारणले हेर्ने हो भने रगतको मागभन्दा रक्ततत्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ ।
नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिनप्रतिदिन रगत अभाव हुँदै आएको छ । हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्त्वहरूको प्रयोगभन्दा होल ब्लडको प्रयोग अर्को मुख्य कारण हो ।
रगत अभाव हुने अर्को मुख्य कारण भनेको बिरामीका लागि लगेर बढी भएको रगतको व्यवस्थापन नगर्नु हो । उदाहरणका लागि कुनै एक बिरामीका लागि दुई पिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु र रगतको प्रयोग गर्दा एक पिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक पिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गइरहेको हुन्छ ।
एक पिन्ट रगतबाट तीनदेखि पाँच भिन्न खालका रगत बनाउन सकिन्छ । एकै प्रकारको रगतलाई भिन्न ३ देखि ५ प्रकारको रगत बनाउन धेरै रक्त सञ्चार केन्द्र छन् तर पनि सतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्रान्डी अस्पतालमा रहेको छ । ग्रान्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट ३ देखि ५ प्रकृतिको रगत बनाउँदै आएको छ ।
जुन बिरामीलाई जस्तो रगत चाहियो, त्यस्तै रक्ततत्त्व बनाएर ग्रान्डीले प्रदान गर्दै आइरहेको छ । नेपालभरको रगतको समस्या भएको अवस्थामा बिरामीका आफन्तहरु रगत खोज्नका लागि ग्रान्डीमा आउने गरेको कैयौँ उदाहरण छन् ।
ग्रान्डीले हाल वार्षिक ३ हजारदेखि ५ हजार पिन्ट रगत संकलन गर्दै आएको छ । उक्त रगतबाट ९ हजारदेखि १५ हजार पिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ । रगतको कम्प्लिकेसनको जाँच ग्रान्डी अस्पतालमा हुने गरेको छ ।
ग्रान्डीले हाल लगभग सबै थरी ब्लड गुप्र एन्टी बडिजको जाँच गर्दै आएको छ । उक्त अस्पतालले ट्रान्सप्लाटका लागि एन्टिबडी ट्राइट्रेसन जाँच र रगतका बिरामीलाई चाहिने टेस्ट एन्टिबडी आइडेन्टिफिकेसन गर्दै आएको छ ।
(डा. विपिन नेपाल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका रक्तसञ्चार विशेषज्ञ हुन् ।)