• Menu

आगामी मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, असार १६ भित्र सुझाव पठाउन माग

नेपाल प्रफिट

२०८१ जेठ २७, १५:१५

आगामी मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, असार १६ भित्र सुझाव पठाउन माग

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै सुझाव माग गरेको हो । सूचनामा उल्लेख भएअनुसार असार १६ भित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा सुझाव पठाइसक्नुपर्ने छ ।

राष्ट्र बैंकले उपयुक्त लागेका सुझाव अध्ययन गरी मौद्रिक नीतिमार्फत सम्बोधन गर्दै आएको छ । मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रण, ब्याजदरको स्थायित्व र वित्तीय स्रोतको परिचालन सुनिश्चित गरिन्छ ।

राष्ट्र बैंकले साउन १४ भित्र मौद्रिक नीति ल्याउनेछ । मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार आर्थिक वर्ष सकिएको १५ दिनभित्र वार्षिक नीति र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।