• Menu

एकैदिन प्रतितोला ४ हजार घट्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ जेठ २७, ११:३५

एकैदिन प्रतितोला ४ हजार घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबारका लागि प्रतितोला १ लाख ४१ हजार रुपैयाँ निर्धारण भएको हो ।

यस्तै तेजाबी सुन तोलामा एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँले कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार तोलाको एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि एक हजार ८२५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।